भर्ना खुल्यो! नि:शुल्क भोजन, आवास र शैक्षिक सामग्रीको व्यवस्थासहित शैक्षिक सत्र २०८३ का लागि कक्षा ६ मा भर्ना खुल्यो | आवेदन दिने अन्तिम मिति: 2083/01/04 | सम्पर्क: 011-491466, 9855013292
यस गुरुकुलमा कक्षा ६ देखि १२ सम्म आवासीय सुविधासहित संस्कृत एवं आधुनिक शिक्षा प्रदान गरिँदै आएको छ।
नेपाल सरकारबाट अनुमोदित

वैदिक ज्ञानको साधना
संस्कृतिको संरक्षण

नैमिषारण्य संस्कृत गुरुकुलमा हामी प्राचीन वेद, व्याकरण, र योगका साथै वर्तमान समयको आवश्यकता अनुसारको आधुनिक शिक्षा प्रदान गर्दछौँ। आउनुहोस्, आफ्ना बालबालिकालाई आध्यात्मिक र बौद्धिक रूपमा सबल बनाऔँ।

वि.सं २०७२
स्थापना वर्ष
500+
विद्यार्थीहरू
50+
शिक्षक
कक्षा ६-१२ आवासीय शिक्षा
वेद अध्ययन संस्कृत शिक्षा
आधुनिक शिक्षा अङ्ग्रेजी, गणित
निःशुल्क आवासीय एवम् भोजन सुविधा
नैमिषारण्य गुरुकुल परिसर

नैमिषारण्य संस्कृत गुरुकुलम्

वैदिक सनातन धर्म र संस्कृतिको संरक्षण, संवर्धन एवम् संस्कृत विद्याको प्रचार-प्रसार गरी उच्च नैतिकता र सुसंस्कारले युक्त समाज निर्माण गर्ने उद्देश्यले काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं ६ गोसाइँस्थानमा वि. सं २०७० मा श्री मुकुन्दप्रसाद उपाध्यायको अध्यक्षतामा गोसाईंस्थान नैमिषारण्य क्षेत्र विकास समितिको गठन गरी अखण्ड हवन एवम् महायज्ञ, १८ महापुराण तथा उपपुराण सहित चारवेदको पारायण एवम् कथा-वाचन गराई २०७१ सालको महाशिवरात्रिमा पूर्णाहुतिद्वारा यज्ञ समापन गरेर

वि.सं २०७२ साल वैशाख ८ गते अक्षय तृतीयाका दिन ब्रह्मलीन परमपूज्य गुरुवर सन्तशिरोमणि श्री १००८ डा. स्वामी रामानन्द गिरिजीको करकमलबाट नैमिषारण्य-संस्कृत-गुरुकुलमको समुद्घाटन गरी सञ्चालन आरम्भ भएको हो । आफ्नो उद्देश्य अनुरूप नैमिषारण्य क्षेत्रविकास समितिले नैमिषारण्य-संस्कृत-गुरुकुलम्मा कक्षा ६ देखि कक्षा १२ सम्म आवासीय सुविधा-सहित संस्कृत एवम् आधुनिक शिक्षाको पठनपाठन गराइरहेको छ ।

सरकारी अनुमोदित
आधुनिक सुविधा
आवासीय एवम् भोजन सुविधा
योग एवं ध्यान
ग्यालरी हेर्नुहोस्

संस्कारयुक्त शिक्षा, समुन्नत भविष्य: नैमिषारण्यमा भर्ना खुल्यो! केवल किताबी ज्ञानले मात्र आजको प्रतिस्पर्धात्मक युगमा पुग्दैन। त्यसैले, नैमिषारण्य संस्कृत गुरुकुलम् (काठमाडौँ विश्वविद्यालयसँगको शैक्षिक सहकार्यमा सञ्चालित) ले प्राचीन गुरुकुलीय मर्यादा र आधुनिक प्रविधिको अद्भूत संगम ल्याएको छ। केवल साक्षर होइन, संस्कारित र सक्षम बनाऔँ।आफ्ना छोरा-छोरीलाई आफ्नो पहिचान र संस्कारमा गर्व गर्दै आधुनिक संसारमा प्रतिष्पर्धा गर्न सक्ने बनाउने यो सुनौलो अवसरलाई नछुटाउनुहोस्।


GURUKULAM

QR कोड मार्फत दान गर्नुहोस्

Donate QR Code

स्क्यान गरी दान गर्नुहोस्

Scan the QR to Donate

यहाँबाट गुरुकुलको स्थान अवलोकन गर्नुहोस्

हाम्रो संपर्कमा रहनुहोस्

कुनै पनि प्रश्न वा जिज्ञासाको लागि हामीलाई सम्पर्क गर्नुहोस्।

इमेल पठाउनुहोस्